आइतबार, श्रावण ३१ गते २०८३
images

नोएडाको मेट्रो अस्पतालमा भीषण आगलागी

  • 4.6K
    SHARES
  • माघ २४, २०७५ बिहीबार

    एजेन्सी । भारतको नोएडाको मेट्रो अस्पतालमा विहीबार दिउँसो भीषण आगलागी भएको छ । यो अस्पताल नोएडाको सेक्टर १२ स्थित रहेको छ । अस्पतालमा यसरी आगलागी भएलगत्तै दमकलका गाडीहरु त्यहाँ पुगेका छन्, भने आगोलाई नियन्त्रणमा लिने काम भइरहेको छ । यसका साथै आनन- फाननमा अस्पतालको शिसा फोडेर त्यहाँ उपचाररत बिरामीहरुलाई बाहिर निकालिएको छ ।

    यसै क्रममा दुई दर्जन भन्दा बढी बिरामीहरु अस्पतालमा फसेका थिए । अहिले उनीहरुको उद्धार गरिएको छ । अहिलेसम्म आगलागी हुनुको कारण भने खुल्न सकेको छैन । सबै भन्दा पहिले आइसीयु () बाट आगो सल्किएको थियो ।

    अस्पतालमा धेरै तेजले आगो सल्किरहेको थियो, जसको कारण बिरामीहरुलाई झ्यालको शिसा फोडेर बाहिर ल्याउनु परेको थियो । आगलागी हुँदा त्यही रहेका चश्मदीदोका अनुसार अस्पतालमा आगलागी भइसकेपछि निभाउनका लागि यन्त्रहरुले काम गरिहरेको थिएन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार