मंगलबार, भाद्र २ गते २०८३
images

२८ देशमा फैलियो कोरोना भाइरस, मृतकको संख्या ६३८ पुग्यो

  • 3.8K
    SHARES
  • माघ २४, २०७६ शुक्रबार

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शुक्रबार बिहानसम्म ६ सय ३८ जनाको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन्।

    चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहान दिएको जानकारीअनुसार अहिलेसम्म कोरोनाको संक्रमणबाट चीनमा मात्रै ६३६ जनाको मृत्यु भइसकेको छ। चीनबाहेक हङकङ र फिलिपिन्समा एकरएक जनाको मृत्यु भएको छ।

    चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा मृत्यु भएकामध्ये ६ सय १८ जना हुबेई प्रान्तका मात्रै छन्। बिहीबार मात्रै ७३ जनाको र हुबेई प्रान्तमा मात्रै ६९ जनाको मृत्यु भएको आयोगले जनाएको छ।

    बिहीबार थप ३ हजार १ सय ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ। बुधबार ७३ जनाको मृत्यु र थप ३ हजार ६ सय ९४ जनामा संक्रमण देखिएको छ। त्यस्तै १ हजार ५ सयभन्दा बढी जना उपचारपछि निको भएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन्।

    शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार विश्वका २८ देशमा कोरोना भाइरस फैलिएको र ३१ हजारभन्दा बढी यसबाट संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    कोरोना संक्रमित कहाँ कति ?
    चीन– ६३६ मृत्यु, ३१,१६१ संक्रमित
    हङकङ– १ मृत्यु, २४ संक्रमित
    फिलिपिन्स– १ मृत्यु, ३ संक्रमित

    संक्रमित
    जापान– ८६
    सिंगापुर– ३०
    थाइल्यान्ड– २५
    दक्षिण कोरिया– २४
    ताइवान– १६
    अस्ट्रेलिया– १५
    मलेसिया– १४
    जर्मनी– १३
    भियतनाम– १२
    अमेरिका– १२
    मकाओ– १०
    क्यानडा– ७
    फ्रान्स– ६
    यूएई– ५
    फिलिपिन्स– ३
    इटाली– ३
    भारत– ३
    बेलायत– ३
    रुस– २
    श्रीलंका– १
    कम्बोडिया– १
    फिनल्यान्ड– १
    नेपाल– १
    स्विडेन– १
    स्पेन– १
    बेल्जियम– १

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार