मंगलबार, भाद्र २ गते २०८३
images

२१ जनाको हत्या गर्ने सैनिकलाई गोली हानियो

  • 2.1K
    SHARES
  • माघ २६, २०७६ आइतबार

    काठमाडौँ । थाइल्यान्डमा २१ जनाको हत्या गर्ने एक सैनिकलाई गाली हानि हत्या गरिएको छ । शनिबार अन्धाधुन्ध गोली प्रहार गरी २१ जनाको हत्या गर्ने ती सैनिकलाई आइतबार सुरक्षाकर्मीले गोली हानेर हत्या गरेका हुन् ।

    थाइल्याण्डका सार्वजनिक स्वास्थ्य मन्त्री अनुतिन चर्नविराकुलले फेसबुकमा प्रहरी तथा सेनालाई धन्यवाद दिँदै भनेका छन्, ‘यो अवस्थाको अन्त्य गरेकोमा धन्यवाद प्रहरी तथा सेना। सुटरलाई गोली हानी मारिएको छ ।’

    आक्रमणकारी ती सैनिकलाई एउटा सपिङ सेन्टरमा लुकिरहेको अवस्थामा घेरा हालेर गोली हानी हत्या गरिएको हो।

    एक सरक्षाकर्मीका अनुसार प्रहरीले ती आक्रमणकारीलाई मार्नुका साथै आठजनाको उद्दार गरेको छ र तीमध्ये केही घाइते छन् ।

    शनिबार थाइल्यान्डको नाखोन रचासिमामा जकरापंत थोमा नाम गरेका ती सैनिकले अन्धाधुन्द गोली प्रहार गर्दा २१ जना मारिएका थिए ।

    घटनामा दर्जनौं घाइते भएका थिए।

    उनले आफ्नै कमान्डिङ अफिसरलाई मार्नुका साथै सैन्य शिविरबाट हतियार चोरेको बताइएको थियो।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार