काठमाडौं । बंगलादेशमा डुंगा पल्टिदा १४ रोहिन्ज्या मुसलमान शरणार्थीको मृत्यु भएको छ।
बंगलादेशको शरणमा बस्दै आएका म्यानमारका रोहिन्ज्या शरणार्थी बंगलादेशबाट डुंगा चढेर मलेसिया जाँदै गर्दा डुंगा पल्टिएको बीबीसीले जनाएको छ।
मृतकहरु सबै महिला र बालबालिका रहेको जनाइएको छ। अझैं कैयौं वेपत्ता भएको अनुमान छ।
सन् २०१७ मा म्यानमारमा भएको दमनपछि रोहिन्ज्याहरु भागेर बंगलादेश पुगेका थिए। त्यसबेला पनि डुंगाहरु पल्टदा सयौंले ज्यान गुमाएका थिए।