मंगलबार, भाद्र २ गते २०८३
images

अनाथालयमा भीषण आगलागी, १५ बालबालिकाको मृत्यु

  • 2.7K
    SHARES
  • फाल्गुण ३, २०७६ शनिबार

    काठमाडौं । अफ्रिकी देश हैटीको एक अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । राजधानीको बाहिरी क्षेत्रमा रहेको अनाथालयमा आगलागी भएको हो ।

    आगलागीको कारण खुलेको छैन । तर विद्युत नहुँदा प्रयोग भएको मैनबत्तिका कारण आगलागी भएको हुन सक्ने स्थानीय अधिकारीले बताएका छन् ।

    अमेरिकाको क्रिष्टियन समूहले सञ्चालन गरेको सो अनाथालयले औपचारिक मान्यता भने पाएको थिएन । हैटीमा आधिकारिक स्वीकृति बिना नै सञ्चालन भएका यस्ता धेरै अनाथालय छन् ।

    जीवित रहेका बालबालिकाहरुलाई सहयोग गर्ने तथा उनीहरुका लागि बासको व्यवस्था गर्ने प्रक्रिया जारी रहेको स्थानीय अधिकारीले बताएका छन् । आगलागी भएका बेला सो अनाथालयमा ६० जना बालबालिका थिए ।

    अमेरिकाको पेन्सिलभेनियाको चर्चले सो अनाथालय सञ्चालन गर्दै आएको थियो । राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिणमा रहेको अनाथालयमा बिहीबार बेलुका आगलागी भएको हो ।

    जेनेटर बिग्रिएपछि उज्यालोका लागि मैनबत्ति बालिएको थियो । त्यसैबाट आगलागी सुरु भएको अनाथालयका अधिकारीले बताएका छन् । दुईजनाको घटनास्थलमै तथा निसास्सिएका १३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार