मंगलबार, भाद्र २ गते २०८३
images

अमेरिकी राष्ट्रपति ट्रम्प दुईदिने भ्रमणका लागि भारतमा

  • 2.8K
    SHARES
  • फाल्गुण १२, २०७६ सोमबार

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भ्रमणका लागि भारत आइपुगेका छन्। ट्रम्प गुजरात राज्यको अहमदाबादमा अवतरण गरिसकेको बीबीसीले जनाएको छ।

    ट्रम्प आफ्नो राष्ट्रपतीय कार्यकालमा पहिलोपटक भारत भ्रमणमा आएका हुन्।

    यसअघि गतवर्ष हुने तय भएको ट्रम्पको भ्रमण अमेरिका र भारतबीचको व्यापार युद्धका कारण ट्रम्पले भारत भ्रमण गर्न अस्वीकार गरेका थिए।

    भारत पुग्न अगाडि ट्रम्पले हिन्दी भाषामा ट्वीट गरेर ‘केहीबेरमा भेटौला’ भनेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्रम्पको ट्वीट रिट्वीट गरेर ‘अतिथि देवो भव’ भन्दै ट्वीट गरेका थिए।

    ट्रम्पको दुईदिने भ्रमणका क्रममा भारत र अमेरिकाबीच महत्वपूर्ण व्यापार सम्झौता हुने अनुमान गरिएको छ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार