मंगलबार, भाद्र २ गते २०८३
images

हामी उत्कृष्ट हतियार बनाएर भारतलाई बेच्छौंः ट्रम्प

  • 2.5K
    SHARES
  • फाल्गुण १२, २०७६ सोमबार

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरकाले भारतलाई विश्वकै उत्कृष्ट हतियार बेच्ने बताएका छन्।

    अहमदाबादको मोटेरा स्टेडियममा आयोजित ‘नमस्ते ट्रम्प’ कार्यक्रममा बोल्दै ट्रम्पले सोमबार भारतलाई विश्वमै शक्तिशाली मानिएको हतियार बेच्ने बताएका छन।

    ट्रम्पले भारतीय सेनासँग संयुक्त सैन्य अभ्यास दोहोर्याउँदै गरिने बताउँदै अमेरिकाले भारतलाई रक्षा उपकरण दिने बताएका थिए।

    ट्रम्पले भने,‘हामी उत्कृष्ट हतियार बनाउँछौ र भारतलाई बेच्छौं।’

    संयुक्त सैन्य अभ्यासले भारतीय सेना थप मजबुत हुने बताउँदै ट्रम्पले भारत र अमेरिकाले आतंकवादसँग मिलेर लड्ने बताएका छन।

    ट्रम्पले अमेरिकाले भारतलाई ३ अर्ब अमेरिकी डलरको अत्याधुनिक हेलिकप्टर बेच्ने विषयमा हस्ताक्षर हुने बताएका छन।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार