मंगलबार, भाद्र २ गते २०८३
images

चीनमा क्वारेन्टाइनका लागि प्रयोग भएको होटल भत्किदा चारजनाको मृत्यु, २९ जना बेपत्ता

  • 2.2K
    SHARES
  • फाल्गुण २५, २०७६ आइतबार

    काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि सम्भावित संक्रमितलाई क्वारेन्टाइनमा राख्नका लागि प्रयोग गरिँदै आएको चीनको एक होटल भत्किँदा चारजनाको मृत्यु भएको छ । अरु २९ जनाको अवस्था थाहा हुन नसकेको चिनियाँ सरकारी समाचार संस्थाले जनाएको छ ।

    चीनको चेङ्झोउमा रहेको होटल भत्किएको हो । ७१ फसेका मध्ये ३८ जनालाई आइतबार बिहानसम्म भत्किएको भवनबाट निकालिएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

    पाँच तले भवन भत्किएको हो । फुजियान प्रान्तको शहरमा रहेको होटल भत्किएको हो । भवन के कारणले भत्किएको हो भन्ने खुलेको छैन । सन् २०१८ मा सञ्चालनमा आएको सो होटलमा पाहुनाका लागि ८० वटा कोठा थिए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार