मंगलबार, भाद्र २ गते २०८३
images

विश्वका सबै देशका नागरिकलाई भारत प्रवेश निषेध

  • 2.0K
    SHARES
  • फाल्गुण २९, २०७६ बिहीबार

    कोरोना भाइरसको महाहारी रोक्न भन्दै छिमेकी मुलुक भारतले विश्वकै सबैभन्दा कठोर कदम उठाएको छ।

    कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भारतले भने विश्वका कुनै पनि मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको हो।

    उसले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत भोलि (शुक्रबार)देखि मुलुक छिर्न नदिने घोषणा गरेको हो।

    कोरोनाभाइरस प्रकोपले महामारी रूप लिएपछि उक्त कठोर कदम उठाइएको भारतले जनाएको छ।

    बीबीसी हिन्दीका अनुसार बुधबार भारतका शीर्ष मन्त्रीहरूको बैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गरिएको हो।

    बैठकको नेतृत्व केन्द्रीय स्वास्थ्य मन्त्री हर्षबर्धन र नागरिक उड्यन मन्त्री हर्दिप पुरीले गरेका थिए।

    यात्रा निर्देशिका अनुसार, भारत सरकारले अब मार्च १३ अर्थात् भोलि शुक्रबार मध्याह्न १२ बजेपछि भारतका लागि हिँडेको विदेशीलाई प्रवेश दिइने छैन।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार