कोरोना भाइरसबाट विश्वभर अहिलेसम्म ११ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । यस्तै मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । विश्वभर कोरो*ना भाइ*रसको संक्र*मण निको भएर घर फर्किनेको संख्या दुई लाख नाघेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेको संख्या दुई लाख २८ हजार ४०५ रहेको छ । यो महामारीको बेला यौन सम्पर्क गर्नु कत्तिको सुरक्षित हुन्छ ? या हुँदैन ? तपाइलाई लागेको होला यस्तो प्रश्न किन गरेको हो। यसबारे तपाईँले पनि सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा सही र गलत के हो भन्ने कुरा छुट्याउन बीबीसी ले यो प्रश्न विज्ञहरूलाई राखेको थियो ।
के यौन सम्पर्कका कारण कोरोना भाइरस सङ्क्रमण सर्न सक्छ ?
डा. एलेक्स जर्जका अनुसार यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरू मध्ये एक जनामा कोरोना भाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ।
के कोरोना भाइरस महामारीको समयमा यौन सम्पर्क सुरक्षित राख्नु सुरक्षित हुन्छ?
एलिक्स फक्सका अनुसार आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन। यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ।
के यौनाङ्ग छोएका कारण कोरोना भाइरस सर्छ ?
डा. एलेक्सका अनुसार तपाईँ एकअर्काको यौनाङ्ग छुनुहुन्छ भने त्यो समयमा तपाईँहरूले चुम्बन गर्ने सम्भावना समेत ज्यादा हुन्छ र हामीलाई थाहा छ कि कोरोना भाइरस थुकबाट सर्छ। मुखबाट हातमा, हातबाट यौनाङ्गमा, यौनाङ्गबाट हातमा र त्यसपछि हातबाट नाक मुखमा भाइरस सर्न सक्छ। त्यसैले अहिलेको अवस्थामा भाइरस सर्न सक्ने सबै खाले कुराहरू नगर्नु नै उचित हुने उनको धारणा छ । तपाईँसँगै नबसेका साथीसँग पनि नगर्नु नै उचित हुन्छ।
नयाँ मानिससँग यौन सम्पर्क राख्नु हुन्छ ?
डा. एलेक्स जर्जका अनुसार यो अवस्थामा नयाँ मानिससँग यौन सम्पर्क राख्न सकेसम्म हुँदैन। किनभने त्यसो गर्दा कोरोना भाइरस सर्न सक्ने सम्भावना समेत अधिक हुन्छ।
कतिपय हामीलाई कोरोना भाइरसबारे अझै थाहा नभएका नौ कुराहरु रहेका छन् । डा.एलिक्सका अनुसार कोरोना भाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन। हामीलाई लाग्छ हामि ठिक छौ तर तपाईँ एकदमै ठिक देखिनुभएको छ भने पनि तपाईँबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ।
पहिले मैले कन्डम प्रयोग गरेको थिइनँ। के अब गर्नुपर्ला ?
एलिक्स फक्सका अनुसार तपाईँ किन पहिले कन्डम लगाउनु हुन्नथ्यो भन्ने कुरामा निर्भर हुने बताउछिन्। उनको भनाई अनुसार यदि तपाईँहरू दुवै जनामा कुनै यौन रोग नभएको वा गर्भाधान नहोस् बनेर अन्य उपाय अवलम्बन गरिएकाले कन्डम प्रयोग नगरेको भए केही फरक पर्दैन। तर यदि तपाईँ अन्य प्राकृतिक उपाय ( जस्तो वीर्य स्खलन गर्ने वा एकअर्कालाई यौन रोग छैन भन्ने विश्वासमा क*न्डम नलगाउनुभएको हो भने अब कन्डम लगाउनु नै उचित हुन्छ । चिकित्सक डा. एलेक्स जर्ज बीबीसी रेडिओकी पूर्व प्रस्तोता समेत हुन् ।