बिहीबार , कार्तिक २० गते २०८३
images

कोरोना संक्रमण : डब्ल्यूएचओद्वारा विश्व स्वास्थ्यमा आपतकाल घोषणा

  • 6.5K
    SHARES
  • माघ १७, २०७६ शुक्रबार

    कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो ।

    चीनमा अहिलेसम्म २ सय १३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ । विश्व आपतकालीन अवस्था घोषणा गर्नुलाई चीनमा फैलिएको संक्रमणभन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताए ।

    कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ । वुहानमा पुष्टि भएका ४ हजार २ सय २५ जनामा गरिएको अध्ययनअनुसार सङ्क्रमण हुनेको औसत उमेर ५९ वर्ष रहेको छ भने ८९ प्रतिशत मानिस सङ्क्रमण भएको कम्तीमा पाँच दिनपछि मात्र अस्पताल गएका छन् ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार