सोमबार, भाद्र १ गते २०८३
images

कोरोना प्रभाव : सीमावर्ती गाउँमा खाद्यान्न संकट

  • 6.3K
    SHARES
  • माघ २१, २०७६ मंगलबार

    चीनले किमाथांका र ओलाङचुङगोला नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट भएको छ। चिनियाँ बजारमा आ िश्रत संखुवासभा भोटखोला गाउँपालिकास्थित किमाथांकामा दैनिक उपभोग्य वस्तु अभाव देखिएको छ। दुई दिनभित्र वैकल्पिक व्यवस्था नभए हाहाकारै हुने वडाध्यक्ष तेन्छेवी शेर्पा बताउँछन्।

    ‘कोरोना भाइरसको कारण देखाउँदै चीनले माघ ५ गतेदेखि नाका ठप्प पारेको छ’, शेर्पाले टेलिफोनमा अन्नपूर्णसँग भने, ‘अहिलेसम्म स्टकले धान्यौं, अब यहाँका १ सय २० घर भोकभोकै बस्नुपर्ने अवस्था आयो।’ चामल, नुन र तेल अभाव भएको उनले सुनाए।

    उनका अनुसार किमाथांका र चीनको चाँगा बजार बीचमा पर्ने कामु खोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन्। खाद्यान्न खरिदका लागि खोलिदिन प्रस्ताव गर्दा अस्वीकार गरेको उनले सुनाए। किमाथांका जिल्ला सदरमुकाम खाँदबारीबाट ३० कोस टाढा पर्छ। स्थानीयवासी दैनिक उपभोग्य वस्तुका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन्।

    सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट, प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत कार्यालयका कर्मचारीलाई पनि समस्या भएको गाउँपालिका उपाध्यक्ष पान्जम भोटेले बताइन्। नाकासँगै चीनले चाँगा, रिउ, ल्हासालगायत बजार पसलसमेत बन्द गरेको छ। त्यहाँ चिनियाँ नागरिकलाई नै हिँडडुलमा रोक लगाएको जनाइएको छ।आजको अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार