मंगलबार, भाद्र २ गते २०८३
images

‘राष्ट्रपति कार्यालयका ४० जनामा’ कोरोना भाइरसको संक्रमण

  • 1.8K
    SHARES
  • बैशाख ८, २०७७ सोमबार

    अफगानिस्तानका राष्ट्रपतिको कार्यालयमा कार्यरत कम्तिमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    सुरुमा राष्ट्रपति कार्यालयका २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताइए पनि यो सख्या ४० पुगेको आइतबार द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । अफगानिस्तान सरकारले यो विषयमा अहिलेसम्म केही पनि बताएको छैन ।

    राष्ट्रपति अश्रफ घानीमा पनि संक्रमण भएको हुन सक्ने आशंकाबिच त्यसबारे केही बताइएको छैन । ७० वर्षका घानीलाई सन् १९९० को दशकमा पेटको क्यान्सर भएको थियो ।

    गएको शनिबार एक सरकारी अधिकारीले राष्ट्रपति कार्यालयका कम्तिमा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको तर अत्तालिने अवस्था सिर्जना नहोस् भन्नका लागि बाहिर नल्याइएको समाचार संस्था एएफपीसँग बताएका थिए ।

    अफगानिस्तानमा हालसम्म ९९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र ३३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार