सोमबार, भाद्र १ गते २०८३
images

उत्तर र दक्षिण कोरियाबिच सीमा क्षेत्रमा गोली हानाहान

  • 3.0K
    SHARES
  • बैशाख २१, २०७७ आइतबार

    उत्तर र दक्षिण कोरियाबिच डिमिलिटराइज्ड जोन अर्थात सीमा क्षेत्रमा गोली हानाहान भएको छ । उत्तर कोरियाले प्रहार गरेको गोली दक्षिण कोरियाको गार्ड पोस्टमा लागेको सिओलको सेनाले जनाएको छ ।

    सीमा क्षेत्रको चिओवान शहरमा सो घटना भएको हो । दक्षिण कोरिया तर्फ कुनै मानवीय क्षति नभएको बताइएको छ । उत्तर कोरियाले गोली प्रहार गरेपछि आफूहरुले दुई राउण्ड गोली चलाएको र चेतावनी पूर्ण सन्देश पठाएको दक्षिण कोरियाली सेनाले जनाएको छ । तर के कारणले गोली हानाहान सुरु भएको हो भन्ने खुलेको छैन ।

    सैन्य हटलाइन मार्फत उत्तर कोरियासँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको जोइन्ट चिफ अफ स्टाफ (जेसिएफ) ले जनाएको छ । सम्पर्क स्थापित भएपछि मात्रै गोली हान्नुको कारण खुल्ने बताइएको छ ।

    पछिल्लो पाँच वर्षमा उत्तर कोरियाले दक्षिण कोरिया तर्फ सिधै गोली प्रहार गरेको यो पहिलो घटना हो । सन् १९५३ मा कोरिया युद्ध अन्त्य गर्ने क्रममा डिएमजेड स्थापित गरिएको हो । सो क्षेत्रमा बफर जोन बनाइएको छ ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार