मंगलबार, भाद्र २ गते २०८३
images

विश्वभर ५४ लाखको हाराहारीमा कोरोना संक्रमित, ३ लाख ४३ हजारको मृत्यु

  • 1.8K
    SHARES
  • जेठ ११, २०७७ आइतबार

    एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने । संक्रमितको संख्या ५४ लाखको हाराहारीमा पुगेको छ ।
    वल्डोमिटरर्सका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार १ सय ८३ जनाको कोरोना भाइरसबाट निधन भएको छ भने एक लाखको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उपचार गराइराखेका ५३ हजार ५ सय ६२ जनाको अवस्था सिकिस्त छ भने २८ लाख ९ हजारको अवस्था सामान्य छ ।

    सबैभन्दा बढी प्रभावित भएको संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ३६ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९८ हजार ६८३ पुगेको छ ।
    युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ६ सय ७५ कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

    नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना नयाँ संक्रमित थपिएका छन् भने देशभर कोरोना संक्रमित हुनेको संख्या ५ सय ८४ जना पुगेको छ । त्यस्तै हिजो १० जना डिस्चार्ज भएर घर फर्किएका छन् । अहिलसम्म ८९ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । त्यस्तै संक्रमितहरुको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार