बुधबार, भाद्र ३ गते २०८३
images

आइएससँग आवद्ध भएको आरोपमा ५२ सिरियाली पक्राउ

  • 2.3K
    SHARES
  • फाल्गुण २, २०७५ बिहीबार

    एजेन्सी । टर्कीको उत्तरपश्चिम प्रान्त बुर्सामा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहसँगआवद्ध भएको आशङ्कामा ५२ सिरियालीलाई पक्राउ गरेको टर्कीका प्रहरीले बिहीबार जानकारी दिएको छ । 

    बुर्सा शहरको पाँच ओटा इलाकामा आतङ्कवादविरुद्ध जारी गरेको सुरक्षा कारबाहीमा ती संदिग्ध आइएस लडाकू पक्राउ परेका थिए । कारबाहीको क्रममा प्रहरीले संगठनात्मक कागजपत्र र डिजिटल सरसमानहरु पनि कब्जा लिएका बताइएको छ । 

    टर्कीका आइएस लडाकू समूहले केही वर्षयता जारी राखेको द्वन्द्वको क्रममा ३ सय भन्दा बढी टर्कीजको मृत्यु भईसकेको छ । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार