सोमबार, भाद्र १ गते २०८३
images

सुनको मूल्य उकालो लाग्ने क्रम जारी

  • 3.1K
    SHARES
  • जेठ २९, २०७७ बिहीबार

    काठमाडौँ । सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच रुपैयाँले बढेर ८९ हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य ८८ हजार एक सय ६० रुपैयाँ थियो।

    चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार