मंगलबार, भाद्र २ गते २०८३
images

सुनखानीमा ६० जनाको मृत्यु भएको आशंका

  • 3.0K
    SHARES
  • फाल्गुण ४, २०७५ शनिबार

    एजेन्सी । जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । 

    दुर्घटना भएका दुई ओटा सुनखानीमा ६० देखि ७० जना कामदारहरु रहेकाले उनीहरु अधिकांशको मृत्यु भएको आशका गरिएको अधिकारीहरुले बताएका छन् । 

    स्थानीय सरकारका सार्वजनिक सेवा सम्वन्धी मन्त्री जुली मोयोले अवैध रुपमा संचालनमा रहेका सुनखानीका कामदारहरु पुरिएको जानकारी दिएका छन । 

    उहाँका अनुसार देशको पश्चिमी प्रान्त मशोनाल्याण्डमा सो घटना भएको हो । उनीहरुलाई जिवितै उद्धार गर्न सकिने सम्भावना न्युन रहेको उनले बताएका छन । अत्यधिक बर्षा भएकाले उद्धार कार्यमा कठिनाई भएको उनको भनाई छ । दुवै पानीको खाल्डोबाट पानी बाहिर निकालिएको स्थानीय अधिकारीहरुले बताएका छन् । उद्धार कार्यमा खटिएकाहरुले आईतबार शव निकालिने अपेक्षा गरेका छन् । 

    जिम्बाबेका राष्ट्रपति इम्मर्सन मनाङग्वाले प्रकोपको घोषणा गर्दै घटनामा पिडितहरुप्रति सहानुभूति व्यक्त गरेका छन। 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार