सोमबार, भाद्र १ गते २०८३
images

इटलीमा चीनको वुहानमा भन्दा पहिले नै कोरोना संक्रमण भएको पुष्टि

  • 2.7K
    SHARES
  • आषाढ ६, २०७७ शनिबार

    एजेन्सी । कोरोना भाइरसको संक्रमणका विषयमा भएको अध्ययनमा इटलीमा सन् २०१९ को डिसेम्बर १८ भन्दा पहिले नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । तर, अहिलेसम्म भने चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको मानिएको छ । चीन सरकारले ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएको थियो ।

    फ्रान्सेली वैज्ञानिकले चीनमा नभएर फ्रान्समा पहिलो पटक कोरोना देखिएको अध्ययनको निष्कर्ष निकालेसँगै इटलीमा पनि यस्तै खालको अध्ययनको निष्कर्ष सार्वजनिक भएको छ । इटलीमा पहिलोपटक पुष्टि हुनुभन्दा दुई महिनाअघि नै कोरोना फैलिएको अध्ययनको निश्कर्ष रहेको छ । सन् २०१९ को डिसेम्बर १८ भन्दा अघि नै कोरोना भाइरस सङ्क्रमण सुरु भएको युरोन्युजले जनाएको छ ।

    इटलीका वैज्ञानिकहरुले गरेको अध्ययनमा दुई सहरको ढलको पानीमा डिसेम्बर १८ भन्दा पहिल्यै कोरोना भाइरस पाइएको बिबिसीले जनाएको छ । यसअघि इटलीमा फेब्रुअरीमा मात्र कोरोना भाइरस पहिलोपल्ट पुष्टि भएको थियो । इटलीको नेशनल इन्स्टिच्युट अफ हेल्थ ९आइएसएस०ले इटलीमा भाइरस फैलिएको बारेमा बुझ्न गरेको अध्ययनले पहिलो केस पुष्टि हुनुभन्दा दुई महिना अघि नै देशमा भाइरसको सङ्क्रमण सुरु भइसकेको देखिएको छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार