सोमबार, भाद्र १ गते २०८३
images

विश्वभर एकैदिन भेटिए अहिले सम्मकै धेरै कोरोना संक्रमित

  • 1.1K
    SHARES
  • आषाढ ८, २०७७ सोमबार

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६० प्रतिशत उत्तर र दक्षिणी अमेरिकामा छन् ।

    पछिल्लो समय विश्वका धेरैजसो मुलुकले बिस्तारै लकडाउन खुकुलो पार्दै गइरहेको समयमा डब्ल्यूएचओले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

    अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भएको मुलुक हो । अहिलेसम्म अमेरिकामा समग्रमा २२ लाख ७९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

    त्यस्तै दोस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब ११ लाख पुगेको छ । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

    विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९ लाख नाघिसकेको छ । मृत्यु हुनेको संख्या पनि चार लाख ६७ हजारभन्दा धेरै छ ।

    स्रोत : बीबीसी

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार