बुधबार, भाद्र ३ गते २०८३
images

उत्तर कोरियाली र अमेरिकी अधिकारीहरु हनोईमा

  • 2.7K
    SHARES
  • फाल्गुण ५, २०७५ आइतबार

    एजेन्सी । उत्तर कोरियाका एक जना वरिष्ट अधिकारी उत्तर कोरियाका नेता कीम जोङ–अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने दोस्रो शिखर बैठकको तयारीका निम्ति शनिबार भियतनामको हनोई पुगेका छन । दुबै नेताबीच यही फेब्रुअरीको २७ र २८ तारिखमा हनोईमा भेटवार्ता हुँदैछ । 

    उत्तर कोरियाका प्रमुख सचिव कीम चाङ–सोनको नेतृत्वमा रहेको उत्तर कोरियाली प्रतिनिधिमण्डलमा एक दर्जन बढी उच्च अधिकारीहरु पनि रहेका छन् । 

    भियतनामी अधिकारीहरुका अनुसार, सचिव कीमले बैठकको तयारीका बारेमा भियतनामी अधिकारीहरुसँग छलफल गरेका छन । स्रोतका अनुसार उत्तर कोरियाली अधिकारीहरुले प्रोटोकल, सुरक्षा र अन्य व्यवस्थाका बारेमा जानकारी लिनेछन् । 

    अमेरिकी राष्ट्रपतिका सहयोगी ड्यानियल वाल्स र अन्य वरिष्ट अधिकारी पनि शुक्रबार नै हनोई पुगेका छन। उनीहरुले पनि बैठकको तयारीका बारेमा भियतनामी अधिकारीहरुसँग परामर्श गरेका छन । 

    दुबै नेताबीचको दोस्रो शिखर बैठकमा पनि उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामाथि छलफल गरी ठोस सहमति हुने अपेक्षा गरिएको छ । सिंगापुरमा गत वर्ष जुनमा भएको वार्तामा पनि आणविक निःशस्त्रीकरण गर्ने सम्झौता भएको थियो, तर त्यसको पूर्ण कार्यान्वयन भएको छैन । 

    सिंगापुर सम्मेलनयता उत्तर कोरियाले क्षेप्यास्त्र इन्जिन र आणविक परीक्षण केन्द्र नष्ट गरेको दाबी गरिरहेको छ । तर उक्त कार्यको अन्तर्राष्ट्रिय स्तरबाट स्वतन्त्र पुष्टी नगरिएको भन्दै अमेरिकाले उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नसकिने जनाएको छ । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार