आज असार १५,दहि चिऊरा खाने दिन अर्थात राष्ट्रीय धान दिवस । मानो रोपेर मुरी उब्जाउने’ महिनाको रुपमा मानिने असारको मध्य दिन आज रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।
तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । कृषि पेशामा व्यवसायीकरण हुन नसक्नुले साथै युवाहरु रोज़गारको लागि विदेश जान वाद्ध्य छन् । युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको पर्याप्त व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको छ । अहिले कोभिड कोरोना भाईरस संक्रमणको कारण विश्वका विभिन्न कुनामा पुगेका युवाहरु फेरि जन्मभूमि आईपुगेका छन् श्रमको खोजिमा मुलुकको विभिन्न भुभागमा गएका युवाहरु आफ्नै जन्मथलो मा पुगेका छन् ।
यस ऊत्पन्न परिस्थितिलाई अवसरको रुपमा लिई ति युवाहरुलाई मुलुक भित्रै रोजगारिको अवसर दिलाऊनु पर्दछ । कृषिमंत्री रोज़गारि श्रजना गर्ने विषय केवल नारामा मात्र सिमित नराखि व्यवहारिक रुपमा लागु गर्न सक्नु पर्दछ,कृषि ऊत्पादनको उचित बजार व्यवस्थापन हुन जरुरि छ ।कृषि ऊत्पादनको वजार व्यवस्थापनको ग्यारेन्टि सरकारवाट हुनु पर्दछ, अर्को महत्वपूर्ण पक्ष श्रमको सम्मान गर्नु पर्दछ वसि खाने होईन गरिखानेलाई सम्मान गर्न सक्नु पर्दछ, कृषि पेशालाई मर्यादित पेशाको रुपमा विकसित गर्नु पर्दछ अनिमात्र मुलुकले कृषि ऊत्पादनको क्षेत्र आकर्षक पेशा वन्न सक्दछ ।
सरकारले यस संक्रमणको अवस्थामा पेश गरेको वजेटलाई कृषि रोजगारको क्षेत्रको रुपमा लिएको छ तर आज असार १५ तथा धान राष्ट्रीय धान दिवस मनाई रहदा सवैभन्दा मर्कामा किसानहरु रहेका छन् । मल र विऊको अभावमा किसानहरु प्रताडित छन् , उत्पादित कृषि ऊत्पादनले वजार नपाऊदा कृषि ऊत्पादन नष्ट गर्न बाध्यकारी अवस्थामा छन् ।यस प्रति सरकारको ध्यान जानु जरुरि छ ।