शुक्रबार, कार्तिक २१ गते २०८३
images

संक्रमण व्यवस्थापन,स्वास्थ्य सुरक्षा र खस्केको अर्थतन्त्रको संरक्षण आजको आवस्यकता

  • 5.1K
    SHARES
  • जेठ १५, २०७७ बिहीबार

    आज गणतन्त्र दिवस,गणतन्त्र स्थापनाको लागि ज्यान वलिदानी गर्ने विर सहिदहरु प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । जुन आशा र विश्वास का साथ गणतन्त्र स्थापनाको लागि आम नागरिकहरुले आन्दोलित भइ राजनीतिक दलहरुलाइ साथ दिएका थिए,फलस्वरूप मुलुकमा आज संघिय गणतन्त्र सहितको राजनीतिक शासन पद्धति छ सोहि अनुरूप तिन तहको सरकार छन् ।

    तर यसवाट नेपाली जनताले पाऊनु पर्ने सेवा सुविधा आशातित उपलब्ध हुन सकिरहेको छैन । व्याप्त भ्रष्टाचार,निहित स्वार्थमा सत्ता संचालन, संविधानको मर्म अनुसारको संसदवाट आवस्यक कानुन निर्माण गरि आम नागरिकहरुलाइ सेवा सुविधा प्रवाह गर्नु पर्ने जस्ता अत्यावस्यक विषयवस्तु प्रति सरकारवाट वेवास्ता गरिनु जस्ता कार्यहरुवाट विद्यामान शासन पद्धति प्रतिनै वितिष्णा जगाउने कारक तत्वको रहेको छ । यसको अतिरिक्त अहिले विश्वनै कोरोना भाइरसले अक्रान्त छ । यसैको पिडाबाट नेपाल पनि अक्रान्त छन् ।

    हरेक नेपालीको दैनिक जीवन स्वास्थ र संक्रमणको पिडा भन्दा पनि जीवन कसरि जिउने,दैनिक जीवन यापन कसरि गर्ने ? भन्ने सोचमा पुगिसकेको छन् ।यो संक्रमण भन्दा जटिल समस्या वन्दै गइरहेको छ । लकडाउन गरिएको समय २ महिना नाघि सकेको छ आवस्यक परिक्षण हुन सकिरहेको छैन ? उद्योग धन्धा व्यापार व्यवसाय ठप्प छ ,विदेशमा रहेका नागरिकहरु आफ्नो घर,आफ्नो मुलुक आऊन पाईरहेका छैनन्।

    मुलुक आएका केहि व्यक्तिहरुको पनि ऊचित व्यवस्थापन हुन सकिरहेको छैन । न ऊनिहरुको लागि उचित क्वारान्टाइनको व्यवस्था गरिएको छ न स्वास्थ परिक्षण ! भाइरस संक्रमण व्यवस्थापन पुर्ण रुपमा असफल छ । कतै यो संक्रमणले ठुलो जनको क्षति त पुर्याउने त होईन भन्ने त्रास आम नागरिकको मनमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार