काठमाडौं । युवा पुस्ताको आवाज समेटिएको गीत “ल्याँङ भो” सार्वजनिक भएको छ। देशमा व्यापक भ्रष्टाचार, सत्ता तानातानदेखि निराश र आक्रोशित देश भित्र र विदेशिएका नेपालीहरुको आक्रोश यो गीतमा समेटिएको छ।
रक भर्सनको यस गीतमा गीतकार तथा कवि बिष्णु जोशीको शब्द रहेको छ भने विशाल पौडेलको स्वर र सङ्गीत रहेको छ। लिरिकल भर्सनमा उपलब्ध गीतको भिडियो नविन निरौलाले बनाएका हुन्।
अमेरिकामा विज्ञानमा विद्यावारिधि गर्दै गरेका जोशी नेपालफर्क महाअभियानका अभियन्ता हुन्।उनी भन्छन, ‘यो गीतमा आक्रोश छ तर, विरोध मात्रै गरेर समाधान हुँदैन।’
गीतले सबै युवालाई जागरूक भएर स्वदेशमै धैर्यताका साथ उद्यम गरी यसै पुस्तामा देश बनाउन आह्वान गरेको छ।