सोमबार, भाद्र १ गते २०८३
images

कोरोना संक्रमितको संख्या पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै(सूचीसहित)

  • 2.8K
    SHARES
  • आषाढ २५, २०७७ बिहीबार

    एजेन्सी । कोरोना संक्रमितको संख्या पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै भएको छ । २४ घन्टामा संक्रमितको संख्या २ लाख १३ हजार २ सय ८० पुगेको छ । एकदिनमा देखिएको यो अहिलेसम्मकै धेरै संख्या हो । अघिल्लो दिन संक्रमितको संख्या २ लाख ८ हजार ३ सय १ थियो । यसअघि २ लाख ९ हजार सबैभन्दा धेरै पुगेको थियो ।

    पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा एकदिनमा ६१ हजार ८ सय ४८ जना संक्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा ४१ हजार ५ सय ४१, भारतमा २५ हजार ५ सय ७१, रसियामा ६ हजार ५ सय ६२, मेक्सिकोमा ६ हजार २ सय ५८, दक्षिण अफ्रिकामा ८ हजार ८ सय १० र बंगलादेशमा ३ हजार ४ स्य ८९ जना संक्रमित फेला परेका छन् ।

    संसारभर लकडाउन खुकुलोसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले स्वास्थ्य सुरक्षा सतर्कताको अभावमा संसारभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरेको छ । डब्ल्युएचओले कोरोना संक्रमणमा संवेदनशील बन्नका लागि संसारभरका सरकारलाई आग्रह गरेको छ ।

    पछिल्लो २४ घन्टामा कहाँ कति संक्रमित ?

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार