शुक्रबार, कार्तिक २१ गते २०८३
images

सोफियाको तीज गीत ‘नो ब्रत प्लिज’ युट्युबबाट हटाइयो

  • 1.7K
    SHARES
  • श्रावण ७, २०७७ बुधबार

    काठमाडौँ । गायिका सोफिया थापाको गीत ‘नो ब्रत प्लिज’ युट्युबबाट हटाइएको छ। आइतबार दिउँसो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको गीत बुधबार दिउँसो हटाइएको हो।

    गीत सार्वजनिक भएपछि सोफियालाई गीतले सनातन हिन्दु धर्मको मर्म विरुद्ध बोलेको भन्दै हटाउन दबाब आइरहेको थियो। सोफियाको गीत राम्रो वा नराम्रो भन्ने विवाद चलिरहेकै अवस्थामा गीत युट्युब च्यानलबाट हटाइएको हो।

    गीत सार्वजनिक भएपछि रचनाकार थापाले भनेकी थिइन्, ‘यो गीतमा एउटा सन्देश छ, तीजको व्रत भन्ने बित्तिकै महिलाले पानी पनि नपिएर श्रीमानको लामो आयुको लागि बस्छन्। त्यसले वास्तवमा आयु बढ्दैन। त्यसैले यो मानसिकताबाट माथि उठौँ, व्रतलाई ‘नो’ भनौँ भन्न खोजेकी हुँ।’

    थापा भन्छिन्, ‘खुट्टाको पानी पिउने चलनले मान्छेबीचमा भेदभावको सिर्जना गर्छ।’

    उनका अनुसार ‘म खुसी छु, मेरो श्रीमानको खुट्टाको पानी पिउँछु भन्ने महिलाहरु पनि छन्। तर अब आउने पुस्तालाई पनि खुट्टाको पानी पिउन सिकायौँ भने अगाडि पनि श्रीमान् र श्रीमतीबीच तह सिर्जना हुन्छ।’

    यसले महिला र पुरुषबीचमा समानता नल्याउने भएकोले सुरुमा नै असमानता र परम्परागत सोचको लागि ‘नो’ भनेको थापाले बताइन्। त्योसँगै जोडिएका छन् गहना ‘नो’, देखावटीपनलाई ‘नो’ भनिएको हो। सोफियाका अनुसार व्रत लिन नै हुन्न भन्न खोजिएको भने पक्कै होइन। पानी नखाई बसे यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ।

    गीतको शब्द सोफिया आफैँले लेखेकी हुन्। सोफियाले तीजमाथि लेखेको यो पहिलो गीत हो। यो गीतमा स्वर अनि संगीत पनि सोफियाको नै छ। गीतलाई गोविन्द मधुर आचार्यले एरेञ्ज गरेका हुन्।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार