शनिबार, श्रावण ३० गते २०८३
images

पशुपतिको गुरुयोजना रोकियो, तीन सदस्यीय समिति गठन

  • 1.8K
    SHARES
  • श्रावण १८, २०७७ आइतबार

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजना तत्कालका लागि रोकिएको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आइतबार गरेको छलफलमा एक महिनाका लागि गुरुयोजनाको थप काम रोकेर सरोकारवाला निकायसँग छलफल गर्नका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।

    मन्त्रालयका संस्कृति महाशाखा प्रमुख, योजना र प्रशासन महाशाखा प्रमुख र पुरातत्व विभागका महानिर्देशक सम्मिलित समिति गठन भएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिएका छन ।

    समितिलाई एक महिनाभित्र सरोकारवाला, स्थानीय, सम्बन्धित क्षेत्रका विज्ञ एवं इतिहासविद् र संस्कृतिविद्हरुसँग छलफल गरेर प्रतिवेदन बुझाउन भनिएको छ । महानिर्देशक गौतमका अनुसार समितिले प्रतिवेदन नबुझाएसम्म गुरुयोजनाको सम्पूर्ण काम अहिलेकै अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार