सोमबार, भाद्र १ गते २०८३
images

सुनको भाउँमा ऐतिहासिक रेकर्ड कायम

  • 2.0K
    SHARES
  • श्रावण २२, २०७७ बिहीबार

    काठमाडौं । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउँमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ ।

    एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो । महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ ।

    बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ । बढ्दो मूल्यका कारण सुन चाँदीको बिक्र अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ ।
    अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखिएको महासंघका महाचिव धर्मसुन्दर बज्राचार्यले बताएका छन । सुनको भाउ बढने क्रम तत्काल रोकिने सम्भावना नभएको पनि उनको भनाइ छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार