सोमबार, भाद्र १ गते २०८३
images

वुहानमा निको भएका कोरोना संक्रमितमध्ये ९० प्रतिशतको फोक्सो खराब

  • 1.8K
    SHARES
  • श्रावण २३, २०७७ शुक्रबार

    एजेन्सी । चीनको वुहान शहरमा निको भएका कोरोना संक्रमितमध्ये धेरैको फोक्सो नराम्रोसँग बिग्रिएको छ । निको भएका बिरामीमध्ये ५ प्रतिशतमा फेरि कोरोना संक्रमण भएको पाइएको छ । वुहान विश्व विद्यालयमा कार्यरत चिकित्सक र वैज्ञानिकले निको भएका व्यक्तिमध्ये ९० प्रतिशतको फोक्सो नराम्रोसँग बिग्रिएको जनाएका छन् ।

    वुहान विश्व विद्यालयको झाङगनन् अस्पतालका निर्देशक पेङ्ग झियोङ्गको नेतृत्वको टोलीले एक सय बिरामीमा अध्ययन गरेको थियो । अप्रिलदेखि अहिलेसम्म गरिएको पहिलो फेजको अध्ययनमा फोक्सोमा भएको नोक्सानीको कुरा पत्ता लागेको छ । एक वर्षसम्मको अध्ययनमा संलग्न गरिएका बिरामीको औषत उमेर ५९ रहेको छ ।

    पहिलो चरणको नतिजामा ठिक भएका ९० प्रतिशतको फोक्सो खराब भएको पाइएको छ । फोक्सोको हावा आदान प्रदान गर्ने भागमा ठूलो क्षति पुगेको पाइएको छ । यी व्यक्तिको फोक्सोमा देखिएको समस्या सधैभर रहने भएको छ । अध्ययन टोलीले शरीरका अन्य अंगको पनि अध्ययन थालेको छ ।

    निको भएका कोरोना संक्रमितको ६ मिनेटको हिँडाइको अध्ययन गरिएकोमा ४ सय मिटरमात्र हिँड्न सकेको पाइएको छ । स्वस्थ भएका व्यक्ति भने ५ सय मिटर हिँड्न सक्छन् । ठिक भएका केही व्यक्ति तीन महिनासम्म अक्सिजन सिलेन्डरमा निर्भर रहेको ग्लोबल टाइम्सले जनाएको छ । १ सयमा १० बिरामीको शरीरमा एन्टिबडी समाप्त भएकोसमेत पाइएको छ ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार