एजेन्सी । भारतको आन्ध्र प्रदेशस्थित विजयवाडामा रहेको एक कोभिड केयर सेन्टरमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन ।
घटनामा ३० जनाको जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
होटल स्वर्ण प्यालेसमा तयार पारिएको केभिड केयर सेन्टरमा ३० जना कोरोना संक्रमित विरामी थिए भने १० जना स्वास्थ्यकर्मी रहेका थिए ।
आज विहान करिब ५ बजे सुरु भएको आगलागीको घटनामा परि घाइते भएकाहरुको उचित उपचारको प्रबन्ध गर्न आन्ध्र प्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन ।
विद्युत सर्ट हुँदा आगलागी भएको सो भवन अहिले पुरै खाली गरिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।