आइतबार, श्रावण ३१ गते २०८३
images

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

  • 2.6K
    SHARES
  • श्रावण २७, २०७७ मंगलबार

     

    मेष

     

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

     

     

    बृष

     

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मघाती काम गर्न पुगिएला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

     

     

    मिथुन

     

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

     

     

    कर्कट

     

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभका योग पनि देखिन्छन् ।

     

     

    सिंह

     

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । घरमा अतिथीको आगमन हुनेछ ।

     

     

    कन्या

     

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

     

     

    तुला

     

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : आज धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

     

     

    बृश्चिक

     

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

     

     

     

    धनु

     

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

     

     

     

    मकर

     

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : आज रोकिएको कामको गाँठो फुक्नेछ । मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । विद्याको क्षेत्र सबल रहनेछ ।

     

     

    कुम्भ

     

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । 

     

     

    मीन

     

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : आज विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ कामको थालनी र सुखद् यात्राको योगपनि छ ।   

     

     

    (अधिक जानकारीको लागि . ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार