शनिबार, श्रावण ३० गते २०८३
images

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

  • 2.0K
    SHARES
  • श्रावण २९, २०७७ बिहीबार

     

    मेष

     

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावस्यक खर्चबाट बच्न सकिन्छ ।

     

     

    बृष

     

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । मन प्रसन्न रहला ।

     

     

    मिथुन

     

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आज विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस होला । चोटपकको भयपनि रहनेछ ।

     

     

    कर्कट

     

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाई भई वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

     

     

    सिंह

     

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

     

     

    कन्या

     

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : आज भाग्यमा वृद्धि हुनेछ । सन्तान सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

     

     

    तुला

     

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । शत्रुपक्ष हावी हुन सक्नेछन् ।

     

     

    बृश्चिक

     

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज पारिवारिक सद्भाव बढ्नेछ । भौतिक सुख मिल्नेछ । आफन्तको साथ र सहयोग मिल्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

     

     

     

    धनु

     

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

     

     

     

    मकर

     

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : आज भाग्यमय वृद्धि हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ व्यापार र व्यवसायपनि फस्टाउनेछ ।

     

     

    कुम्भ

     

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : आज सरुवा र बडुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन हातलागी हुनसक्छ । 

     

     

    मीन

     

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : आज अकस्मात सफलता पाईन सकिन्छ तर अपमानको सम्भावनापनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र राम्रै रहला ।

     

     

    (अधिक जानकारीको लागि . ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार