आइतबार, श्रावण ३१ गते २०८३
images

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

  • 2.7K
    SHARES
  • श्रावण ३०, २०७७ शुक्रबार

     

    मेष

     

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

     

     

    बृष

     

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

     

     

    मिथुन

     

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

     

     

    कर्कट

     

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : दाजु भाईबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्त संग भेट घाट हुनेछ ।

     

     

    सिंह

     

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : नयाँ कार्यको थालनी हुनेछ । वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

     

     

    कन्या

     

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : आज आफन्तसंग भेटघाट र मित्रहरुबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

     

     

    तुला

     

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात होला ।

     

     

    बृश्चिक

     

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपवरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

     

     

     

    धनु

     

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : विद्या र नयाँ ज्ञान बढ्नेछ । सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

     

     

     

    मकर

     

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : आज नयाँ पद र प्रतिष्ठा पाईने संभावना छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मन प्रसन्न र खुसीपनि रहनेछ ।

     

     

    कुम्भ

     

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । 

     

     

    मीन

     

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्नेछ । परिवारिक सद्भाव बढ्नेछ । 

     

     

    (अधिक जानकारीको लागि . ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार