शनिबार, श्रावण ३० गते २०८३
images

बलिउड नायिका उर्वशीको ग्ल्यामरस् ब्यायाम पोज (फोटो फिचर)

  • 2.4K
    SHARES
  • श्रावण २८, २०७७ बुधबार

    एजेन्सी । बलिउड नायिका उर्वशी रौटेला अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छिन ।

     

    विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको प्रकोपले फिल्मी क्षेत्रमा खासै ब्यस्त नभए पनि सामाजिक सञ्जालमा उनको ब्यस्तता र चर्चामा कुनै कमी आएको छैन ।

    दैनिक ब्यायाम गर्न रुचाउने उर्वशीले ब्यायाम गर्दाका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गर्दा उनको चर्चा चुलिएको हो ।

    सन २००९ मा १५ बर्षको उमेरमा मिस टिन ईण्डियाकी विजेता उर्वशीले सन २०१३ मा रिलिज भएको ‘सिंह साब द ग्रेट’ फिल्मबाट डेब्यु गरेकी हुन ।

    विभिन्न १० वटा फिल्महरुमा अभिनय गरिसकेकी उर्वशीले कोरोनाका कारण भएको लकडाउनको समयलाई सदुपयोग गर्दै आफुले दैनिक रुपमा गर्ने ब्यायामका तस्विरहरु ईन्स्टाग्राममा अपलोड गर्छिन ।

    इन्स्टाग्राममा उर्वशीका फलोअर्सहरुको संख्या २९ मिलियन पुगिसकेको छ ।

    खासगरि आफ्ना फ्यानहरुको रुचीलाई मध्यनजर गर्दै फोटोहरुका अलावा भिडियोहरु पनि उर्वशीले ईन्स्टाग्राममा अपलोड गर्छिन ।

    यहि कारण उनका फ्यान फलोईंग ह्वात्तै बढेको हो ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार