आइतबार, श्रावण ३१ गते २०८३
images

बलिउडको सुपर स्टार अमिताभ बच्चन छायांकनका लागि नेपाल आउँदै


  • 1.8K
    SHARES
  • भाद्र १८, २०७८ शुक्रबार

    काठमाडौं, १८ भदौ

     

    नेपालमा बेलाबेला हलिउड-बलिउड फिल्मकाे छायांकन भइरहेकाे हुन्छ । पछिल्लो समय नेपालमा छायांकन भएको हलिउड फिल्म 'एभरेष्ट' हो ।

     

    त्यसअघि बलिउड फिल्म 'बेबी' र हलिउड फिल्म 'डाक्टर स्ट्रेन्ज'लाई नेपालसँग कथा जोडेर छायांकन गरिएको थियाे । नेपालमा 'वेब सिरिज'को छायांकन हुने क्रम पनि बढ्दो छ ।

     

    यसैबीच नेपालमा फिल्म छायांकन गर्न बलिउड अभिनेता अमिताभ आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार उनी 'उचाईँ' फिल्मको छायांकनका लागि नेपाल आउन लागेका हुन् । पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन् ।

     

    मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ । राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् ।

    Amitabh_Bachchan_20130420.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार