शनिबार, श्रावण ३० गते २०८३
images

सिन्धुलीमा एकै पटक १३ जनामा कोरोना संक्रमण पोजिटिभ

  • 1.8K
    SHARES
  • श्रावण ३०, २०७७ शुक्रबार

    सिन्धुली । सिन्धुलीमा एकै पटक १३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

    प्रादेशिक अस्पताल हेटौंडा पठाइएको १८८ जनाको स्वाब मध्य १३ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले जानकारी दिएको छ । उनीहरु कुन–कुन एरियाका परे भनेर जानकारी समय लाग्ने स्रोतले बतायो ।

    अहिले सिन्धुली अस्पतालमा ४ जना कोरोना संक्रमित उपचाररत छन् ।

    सिन्धुली अस्पतालका कर्मचारीका साथै सेना र अन्य स्थानीय समेतको स्वाब तीन दिन पहिला हेटौंडा पठाइएको थियो भने क्वारेन्टाइनमा बसेकाहरुको पनि स्वाब पठाइएको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार