सोमबार, भाद्र १ गते २०८३
images

राहत सामग्री लिएर गृहमन्त्री थापा सिन्धुपाल्चोकमा

  • 1.6K
    SHARES
  • श्रावण ३०, २०७७ शुक्रबार

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पहिरो गएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएका छन् । राहत सामग्री लिएर गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक गएका हुन् ।

    टोलीमा गृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल लगायत पनि छन् ।

    गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार दैनिक उपभोग्य वस्तु, टेन्ट, त्रिपाल लगायत लिएर टोली पहिरो गएको स्थलतर्फ जाँदैछ । उनले भने, ‘चौतारामा अवतरण गरेका छौं, यहाँबाट पहिरो गएको स्थानतर्फ हिँडिसक्यौं ।’

    शुक्रबार बिहान ६ बजेतिर आएको पहिरोमा २२ घर पुरिँदा जुगल गाउँपालिकामा ३८ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी तथा उद्दार कार्य जारी छ ।

    यसअघि १९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । त्यस्तै, २४ असारमा गएको बाढी पहिरोमा परेर बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार