काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ४ पुगेको छ ।
स्थास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार प्रदेश १ मा ९ पुरुष र १ महिलासहित १० जना, प्रदेश २ मा ३४ पुरुष र ११ महिलासहित ४५ जना तथा बागमती प्रदेशमा १३ पुरुष र ५ महिलासहित १८ जनाको मृत्यु भएको छ ।
यस्तै गण्डकी प्रदेश ६ पुरुष, प्रदेश ५ मा १० पुरुष र ३ महिलासहित १३ जनाको ज्यान गएको छ । यता कर्णाली प्रदेशमा ४ जना पुरुष तथा सुदूरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिल गरी ८ जनाको ज्यान गएको छ ।
देशभर अहिलेसम्म ८१ पुरुष र २३ महिला गरी जम्मा १ सय ४ जनाको कोरोनाले मृत्यु भएको छ ।