शनिबार, श्रावण ३० गते २०८३
images

विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान सुरु

  • 1.7K
    SHARES
  • भाद्र १, २०७७ सोमबार

    काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान सुरु हुँदैछ ।

    नेपालको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सहरुले नेपालीहरुलाई स्वदेश फर्काउन आजदेखि चार्टड उडान गर्न लागेका हुन् ।

    नेपाल एयरलाइन्सले यही भदौ १५ सम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले भदौ १४ सम्मको उद्धार उडान तालिका सार्वजनि गरेको छ ।

    सरकारले भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोरोना महामारी काठमाडौंसहित देशका विभिन्न स्थानमा तीव्र रुपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ ।

    विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछ । सरकारले अबको उद्धार उडानमा दैनिक ५०० जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ ।

    तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफै टिकट काटेर आउनेछन् ।

    स्वदेश फर्कने नेपालीहरुलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइन लागेको हो ।

    कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को विवरणअनुसार साउन ३० गतेसम्म विदेशबाट फर्कने नेपालीको सङ्ख्या ५१ हजार ४४१ पुगेको छ ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट, हिमालय एयरलाइन्सले क्वालालम्पुर र दोहाबाट तथा फ्लाई दुबईले दुबईबाट उडान गर्नेछ ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार