नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्यामा ६४ हजारभन्दा बढी थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५ सय ३१ जना संक्रमित थपिएका छन् ।
सोही अवधिमा भारतमा एक हजार ९२ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या २७ लाख ६७ हजार २ सय ७४ पुगेको मन्त्रालयको तथ्यांक छ ।
कुल संक्रमितमध्ये भारतमा अहिले पनि छ लाख ७६ हजार ५ सय १४ जना संक्रमित अवस्थामै रहेका छन् । अरु २० लाख ३७ हजार ८ सय ७१ जना भने संक्रमणमुक्त भइसकेका छन् ।
भारतमा कोरोना भाइरसकै कारण अहिलेसम्म ५२ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ । मन्त्रालयले अहिलेसम्म देशभरि तीन करोड १७ लाख ४२ हजार ७ सय ८२ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ ।