आइतबार, श्रावण ३१ गते २०८३
images

एकीकृत आइसोलेसन बनाउने सरकारको तयारी

  • 2.5K
    SHARES
  • भाद्र ६, २०७७ शनिबार

    काठमाडौं । सरकारले एकीकृत आइसोलेसन बनाउने तयारी सुरु गरेको छ । सरकारले एकीकृत रुपमा आइसोलेसन सञ्चालन गर्न छलफल गरी रहेको मध्यपुर थिमी नगरपालिकाको प्रमुख तथा उपत्यका मेयर फोरमका सचिव मदन सुन्दर श्रेष्ठले जानकारी दिएका छन ।

    उनले एकीकृत आइसोलेसनमा उपत्यकाको सबै स्थानीय तह र संघीय सरकारको संयुक्त आर्थिक लागानी हुने बताएका छन । एकीकृत आइसोलेसन बस्तीभन्दा बाहिर रहने गरी व्यवस्थापन गर्ने तयारी गरेको उनले बताएका छन ।

    त्यसको लागि अहिले पहिलो चरणमा अस्पताल तथा मेडिकल कलेजहरुसँग छलफल भइरहेको श्रेष्ठले बताएका छन । पहिलो चरणमा जनमैत्री अस्पताल, मनमोहन मेडिकल कलेज, किष्ट मेडिकल कलेज र नेपाल मेडिकल कलेजसँग छलफल भइरहेको उनले जानकारी दिएका छन ।

    उनले उक्त अस्पतालहरुसँग आइसोलेसन वार्डको खर्च र जनशक्ति व्यवस्थापनको विषयमा छलफल भइरहेको उनले बताएका छन । ठूलो मात्रामा एकैपटक संक्रमित भेटिएपनि धान्ने गरी आइसोलेसन बनाउने सरकारी तयारी छ ।

    त्यस्तै, दोस्रो चरणमा आवश्यकताअनुसार अन्य निजी अस्पतालहरुसँग पनि कुरा गर्ने तयारी रहेको श्रेष्ठले बताएका छन । यसरी व्यवस्थापन भएको आइसोलेसनमा उपत्यकाको सबै स्थानीय तहहरुमा भेटिएको संक्रमितलाई राख्न सकिने उनले बताएका छन ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार