मंगलबार, भाद्र २ गते २०८३
images

एस्कर्टस्को Hydra 15 4P क्रेनको सफ्ट लन्च अब बुटवलमा

  • 5.8K
    SHARES
  • फाल्गुण ९, २०७५ बिहीबार

    फाल्गुण ९,  बुटवल । आइएमई अटोमोटिभ्स प्रा. लि., एस्कर्टस्को हेभि उपकरण सेगमेन्टहरुको नेपालका लागि आधिकारिक बिक्रेता, तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रदायक एक भगिनी संस्थाले बहुप्रतिक्षित “Hydra 15 4P” क्रेनको नेपालमा बिक्रि वितरणको  सुरुवात आज मिति २०७५ फाल्गुण ०९ गतेका दिन बुटवल अवस्थित कालिकानगरबाट एक औपचारीक कार्यक्रम मार्फत सेवा सुरु गरेको छ ।;
    उक्त कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन, रुपन्देही जिल्लाका प्रेसिडेन्ट श्री मोहन लाल जोशीज्यू को उपस्थिति रहेको थियो । कार्यक्रम अनावरण गर्ने क्रममा श्री  मोहन लाल जोशीज्यूले भन्नुभयो, “एस्कर्टस ब्रान्ड एसोसिएशनको लागि मेरो साथ र सहयोग लामो समय सम्म रहने छ । विकास गतिविधीमा आएको वृद्घि संगै, भारी उपकरण उत्पादनको लागि ठूलो भूमिका र सकारात्मक योगदान रहनेछ ।

    यस “Hydra 15 4P क्रेनका ऐतिहासिक समुद्घाटनको अवसरमा एस्कर्टस डिभिजन नेपालका सेल्स हेड श्री अशोक कार्की, एस्कर्टस लि. का कन्ट्री म्यानेजर श्री  राजेश्वर प्रसाद यादव साथै विक्रेता प्रतिनिधी, Chaitainya Equipment का निर्देशक श्री प्रेम प्रकाश श्रेष्ठ आदिको उपस्थिती रहेको थियो ।

    हेभी उपकरणहरुका उत्पादन गर्ने लामो इतिहास बोकेको एस्कर्टस् लि. ले मर्मत सम्भार गर्न सहज हुने प्रकृतिका विविध विशेषता समाहित रहेको “ज्थमचब ज्ञछ द्धए” बजारमा ल्याएको छ जसमा देहाय वमोजिमका विशेषताहरु रहेका छन् – के«न एप्लिकेसनको लागि प्रयोग हुने डिजाइनको ४९.५ ज्ए को इन्जिन, ५०० घन्टाको सर्भिस इन्टर्भल, रोप कम्पेन्सेसन सहितको ४ वटा पार्टस स्ल्टेड बुम, १२ टन क्षमताको ६ वटा फल विन्च, १५ मिटरको भर्टिकल उचाई, १.९ प्ःएक्  को स्पिड, डँ ंद्दच् को गीचर बक्स । 


    यसका अलावा, इन्जिनको टिकाउका लागि प्रि एयर सिलिण्डर र सुख्खा प्रकारको ट्वीन फिल्टर एलिमेन्ट जडान हुनुका साथै उतकृष्ट कार्यसम्पादनका लागि हेभि ड्यूटी ब्याक इन्ड, हेभि ड्यूटी एस्बेस्टोस मुक्त क्लच प्लेट, उपकरण ओभरलोड हुँदा अडियो वार्निङ्ग, डिस्क ब्रेक, होज प्रोटेक्सन फेलर डिभाइस, होज र सिलिण्डर गार्ड सहितको सेफ्टी गार्ड, खुला क्याबिन, हेभि भारवहन क्षमता र रगेड एप्लिकेसनको लागि हेभि ड्युटी संरचना सहितको विषेशताले वहुगुण सम्पन्न  ज्थमचब ज्ञछ द्धए क«ेनको आयुलाई अभिवृद्घि गरेका छन् । 

    Escorts Construction Equipments Limited (ECE), भारत ७० करोड सेवाग्राही रहेको एस्कर्टस् आईएसओ 9001:2008 प्रमाणित समूह हो ।  यो कृषि सम्वद्घ उत्पादनहरु जस्तै ट्रेकटर, निर्माण र सामाग्री हैंडलिंग उपकरणहरु, रेलवे उपकरणहरु र अटोमोवाइल पार्टसह्ररुको उत्पादन गर्दै आईरहेको छ । 

    १९७१ मा गठित यो कम्पनी भारतको फरीदाबादमा अवस्थित सबैभन्दा ठूलो इन्जिनियरिङ्ग कम्पनीहरु मध्यको एक हो । एस्कर्टस्ले सुन्दर संसारको निर्माणको लागि इन्जिनियरिङ्गको विकासमा प्रतिबद्घ छ । इनोभेटिभ इन्जिनियरिङ समाधान सहितको मानविय उर्जालाई प्रयोग गर्दै अनन्त सम्भावनाहरुको खोजी गर्न तथा मेटेरियल हेन्ड्लििङ, रोड बिल्डिङ, अर्थ मुभिङ र अन्य सेवाहरु प्रदान गर्न प्रतिवद्घ रहेको छ । राष्ट्र तथा सम्भावनाहरुको सम्बोधन गर्न एकै ठाउँबाट विविध हेभि उपकरणको सुनिश्तिता गर्दै देशको संरचनात्मक विकास, खानी, रियल स्टेट लगायतका आर्थिक क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको छ । एस्कर्टसको लि. को हेभि उपकरणहरु जस्तै व्याकोलोडर, सोइल कम्प्याक्टर, टान्डेम रोलर, क्रेन, फर्कलिफ्ट  आदि रहेका छन् । 

    आइएमई अटोमोटिभ्स प्रा. लि. नेपालका लागि एस्कर्टस् हेभि उपकरण सेग्मेन्टहरुको आधिकारिक बिक्रेता हो । नेपाल भरि आफ्ना शाखा तथा डिलरमार्फत सेल्स, सर्भिस र पार्ट्स नेटवर्क प्रदान गर्दै आएको आइएमई अटोमोटिभ्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिकाले सेवा प्रवाह गर्न एस्कर्टस् लि. बाट उत्पादित विभिन्न हेभि उपकरणहरुको प्रयोग मार्फत देशको आर्थिक विकास तथा पुर्ननिमार्णमा योगदान पुर्याउँदै आएको छ । उर्जावान युवाजनशक्तिका साथमा आइएमई अटोमोटिभ्स प्रा. लि. ले नेपालका अटोमोबाइल  कम्पनीहरुको माझमा एक पृथक र सक्षम कम्पनीको रुपमा आफ्नो पहिचान बनाउँदै आएको छ ।>

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार