गत श्रावण २४ गते संघिय संसद बाट पारीत भई प्रतिनिधि सभामा पेश भएको नेपाल नागरीक उडड्यान प्राधिकरणको विधेयकको विरोधमा कर्आमचारीहरु आन्दोलित भएका हुन । गत श्रावण पच्चिस गते देखी पाँच वटा ट्रेड युनियनहरु संयुक्तरुपमा आन्दोलनरत छन । आईकाओ वाट सम्पन्न भएको सेफ्टी ओभरसाईट सुधार गर्न तोकेको प्रोटोकलहरु मध्ये मन्त्रालयले सम्बोधन गर्नु पर्ने ६८ वटा प्रश्नावलिलाई थाति राखी संगठन संरचना तर्फको प्रश्नावलि संवोधन गर्नकालागी मात्र संस्था विभाजन गर्न नहुने जस्ता तर्कहरु राखी श्रावण २५ गते देखी २७ गते सम्म कालो पट्टी बाँधेर पेन डाउन गरी महानिर्देशकको कार्यकक्ष समेत घेराउ गरेका थिए । नेपालमा हवाई सेवाको विकास, नियमन तथा विस्तार गर्ने उदेश्यले अन्तराष्ट्रिय नागरीक उडड्यन संगठनको मार्ग निर्देशन बमोजिम तत्कालिन हवाई विभागलाई खारेज गरी स्वायत्त संस्थाको रुपमा नेपाल नागरीक उडड्यान प्राधिकरणको स्थापना भई हाल सम्म निरन्तर संचालन भई रहेको छ । नेपाल नागरीक उडड्यान प्राधिकरणले हालसम्म अन्तराष्ट्रिय मापदण्डको प्रभावकारी ढंगले कार्यान्ययन एवं परिपालनामा सक्षम र सवल हुदै आएको देखीन्छ । कुनै पनि राष्ट्रकालागी सुरक्षाको दृष्टिकोलले हेर्ने हो भने हवाई क्षेत्र अतिनै संवेदनशिल पनि मानिन्छ । सवल संस्था हुदा हुदै पनि राष्ट्रको हित विपरीत हवाई माफिया तथा उच्च पदस्थ कर्मचारीहरुको स्वार्थको लागी नेपाल नागरीक उडड्यान प्राधिकरणका लाई टुक्राई दुईवटा संस्थामा विभाजन गर्ने गरी विधेयक ल्याईएको हो । देशको विषम परीस्थितीमा उडड्यान प्राधिकरणलाई सक्षम र सवल बनाउदै लैजानु पर्नेमा राज्यलाई आर्थिक भार पर्ने गरी ल्याईएको उत्त विधेयक कुनै पनि हालतमा पास गर्न नहुने लोकतान्त्रिक कर्मचारी संघका सुजन भण्डारीले वताउनु भयो ।
