माघ २७, काठमाण्डौं - नेपाल पर्यटनबोर्डले आज गरेको स्वागत कार्यक्रममा बोल्दै पर्यटनमन्त्री सुदन किराँतीले विदेशी वायुसेवा कम्पनिसंग घुस मागेको थाहा पाइएकोले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कार्वाही गरिएको बताउनु भयो ।
वहाँले थाइ स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनु पर्ने भन्दै करोडौं रुपैयाँ घुस मागेकाले निलम्बित गर्नुपरेको र आजसम्म कुनकुन मन्त्रीहरूले पैसालिने गरेका थिए त्यो सबै स्पष्ट पर्नुपर्ने बताउनु भयो । आफुले कसैको एकपैसा नखाने र त्यस्तो कतैबाट थाहापाएमा तत्कालै कार्वाही गर्ने पनि चेतावनी दिनुभयो । वहाँले मन्त्री वा जिम्मेवार निकायको कुर्सीमा बसेर देशलाई धोका दिन नहुने बताउनु भयो ।
पर्यटनको क्षेत्रमा काम गर्दा दशौ ठाउँमा गएर धुस खुवाएर काम गर्नुपर्ने अवस्थाको अन्त्यगरी सुशासनको शुरुआत गरिने पनि जनाउनु भयो । पर्यटनलाई धन्ने निजि क्षेत्र भएकाले बोर्डको नितिले उनिहरुलाइ सहजता गर्नुपर्ने पनि बताउनु भयो ।