सामान्यतया एक ठाउँबाट उडेको जहाज गन्तब्य मा पुगेर रोकिन्छ , बिचमा रोकिने विविध कारणहरु हुन्छन कहिले जहाजमा प्राबिधिक गडबडी भएर त कहिले अरु समस्या आएर तर त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल बाट हिजो सोमबार रुकुमको चौरजहारी उडेको विमान भने फरक कारण ले नेपालगन्ज मा रोकिएर यात्रुहरुलाई त्यहि अवतरण गरिएको छ। नेपाल बायुसेवा निगमको ट्विनअटर जहाज पाईलट पेम्बा शेर्पाको ड्युटी सकिएकै कारण यात्रुहरुलाई नेपालगन्ज अवतरण गराईएको हो। जहाज नेपालगन्ज पुग्दा ४ बजेको र आफ्नो ड्युटी समय सकिएको भन्दै पाईलट शेर्पाले जहाज उडाउन नमानेपछी यात्रुहरुलाई बायुसेवा निगमले आफ्नै खर्चमा खाने बस्ने ब्यवस्था गरि भोलिपल्ट मङलबार बिहान रुकुम पठाएको थियो! पाईलटको यो हर्कतको लागि बायुसेवा निगमले स्पष्टीकरण सोधेको छ।