मंगलबार, भाद्र २ गते २०८३
images

मनाङमा जडीबुटीबाट साढे १२ लाख रुपैयाँ राजस्व संकलन


  • 1.8K
    SHARES
  • भाद्र २६, २०७८ शनिबार

     

    लमजुङ, २६ भदौ

    हिमाली जिल्ला मनाङमा जडीबुटी बिक्रीबाट १२ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७७/७८ मा एक हजार ८४ किलो जडीबुटी बिक्रीबाट उक्त रकम संकलन भएको हो । 

    आर्थिक वर्ष ०७६/७७ को तुलनामा शून्य दशमलव ६३ प्रतिशतले यस आर्थिक वर्षमा कम राजस्व संकलन भएको अन्नपुर्ण संरक्षण क्षेत्र एक्याप प्रमुख लेखनाथ गौतमले बताए । जिल्लाको मुख्य आयस्रोतको रूपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बिक्रीबाट राजस्व संकलन हुँदै आएको छ । 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार