पहिलो पटक ए डिभिजन खेल्दै छौँ । ज्ञान छैन, अनुभव छैन । तर, हामी खेलाडी, प्रशिक्षकलाई ज्ञान छ । हामीले अरू क्लबले जसरी लिगलाई हेर्दा गाह्रो हुन्छ भनेर क्लबसँग कुरा भएको छ । चार महिनाको तयारी गर्याैँ । प्रि–सिजन राम्रोसँग प्रयोग गर्याैँ । सानो क्लब होइन, नयाँ क्लब हो । पहिलो पटक खेलिरहेको भान हुनेछैन । ए लिग खेल्न पाउनु नै ठूलो कुरा हो । उद्घाटन खेल पाउनु र खेलाडीले पनि पहिलो खेलमा अनुभव लिन पाउँछन् ।