काठमाडौं - ओमानमा जारी रहेको एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा आज नेपाल र हङकङले प्रतिस्पर्धा गर्दैछन। उक्त खेल आज ११:४५ मा अल अमरेत रंगशालामा हुनेछ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो। यहि कतारसँगको दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेर चर्चा कमाएका थिए।
हङकङले गत आइतबार भएको खेलमा साउदी अरबसँग ५६ रनले पराजित भएको थियो। साउदीले दिएको २०३ रनको लक्ष्यमा हङकङ १४७ रनमै अलआउट भएको थियो।
नेपालको जितका लागि दीपेन्द्रसिँह ऐरीको महत्त्वपूर्ण प्रदर्शन हुन सक्ने आशा देखिन्छ उनी बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट देखिन्छ्न भने बलरमा करण, सोमपाल लगायतले पनि उत्कृष्टता देखाउनु पर्ने देखिन्छ।ब्याटिङमा असिफ शेख, रोहित पौडेल र कुशल भुर्तेल लगायतको कौशलता प्रदर्शन भएमा उत्कृष्ट जितको अपेक्षा गर्न सकिन्छ।