आइतबार, श्रावण ३१ गते २०८३
images

क्रिकेटर संदिप लामिछानेले पाए सफाई


  • 2.0K
    SHARES
  • जेठ २, २०८१ बुधबार

    जेष्ठ २, ललितपुर - उच्च अदालत पाटनले क्रिकेटर संदिप लामिछानेलाई बलात्कार आरोपित मुद्दामा सफाइ दिएको छ। 

    उच्च अदालतका न्यायाधीशद्वय अन्जु उप्रेती र सुदर्शनदेव भट्टको इजलासले काठमाडौं जिल्ला अदालतले गरेको ८ बर्षको जेल सजायलाइ उल्टाउदै सफाइ दिने गरि फैसला गरेको हो।

    लामिछानेलाई काठमाडौं जिल्ला अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) ङ बमोजिम ८ बर्ष कैद साथै सोही दफाको ३ को (ग) बमोजिम ३ लाख जरिवाना  र दफा २२८ बमोजिम २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने गरि फैसला सुनाएको थियो। 

    जिल्ला अदालतको उक्त फैसलामा कैफियत रहि नमिलेको देखिन आएकोले उल्टी बदर भइ निज प्रतिवादी उपरको बादी नेपाल सरकारको अभियोग मागदाबी नपुगेकाले निज प्रतिवादीले आरोपित कसुरबाट सफाइ गर्ने ठहर्छ, उच्च  अदालतको फैसलामा भनिरहेको छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार