बुधबार, भाद्र ३ गते २०८३
images

ए डिभिजन लिग: लोकप्रिय खेल लाखौं समर्थक तर रंगशालामा न्युन उपस्थिति


  • 2.3K
    SHARES
  • मंसिर ३, २०७८ शुक्रबार

    बिश्व कै लोकप्रिय खेल हो फुटबल । बिश्व कै लोकप्रिय र ठुलो समर्थक भएको लिग हो इङलिस पृमियर लिग जहाँ कुनै दुई क्लब को खेल हुँदा कम्तीमा ५०००० समर्थक रंगशाला भित्र फुटबल हेरिरहेको हुन्छन् । एक खेल मात्रै हुँदा टिकट बाट क्लब र लिग लाई राम्रो आम्दानी हुन्छ । पुरै सिजन भरि लिग हुँदा यो आम्दानी ठुलो भैसकेको हुन्छ । अखिल नेपाल फुटबल संघ (एन्फा);ले सहिद स्मारक ‘ए’ डिभिजन लिगको ४४औं संस्करण आज मङ्सिर ३ गतेबाट सुरु हुँदै छ । नेपाल को राष्ट्रिय टिम जब दशरथ रंगशाला मा प्रवेश गर्छन् तब रंगशाला भित्र समर्थक नअटाएर रंगशाला बाहिर र नेपाल को विभिन्न शहर मा टेलिभिजन मार्फत फुटबल हेरिरहेका हुन्छन् । तेहि रंगशालामा जब सहिद स्मारक ए डिभिजन लिग सुरु हुन्छ मैदान भित्र खेलाडी र प्याराफिट मा केहि सय समर्थक मात्रै देखिन्छ । एन्फा र लिग कमिटी दुबै ले खोतल्न र बुझ्न् नसकेको वा वास्ता नगरेको बिसय किन शन्यू जस्तै हुन्छ लिग फुटबल मा नेपाली समर्थक एन्फा र लिग कमिटीले भर्खरै लिग तालिका सार्वजनिक गरेको छ र लिग हुने समय परिमार्जन गरेर हप्ताको तिन वा चार दिन शुक्रबार ,शनिबार ,आइतबार र सोमबार दिउँसो र साझ को समयमा लिग का खेल हरु गर्ने निरणय गर्यो यो स्वागतयोग्य कदम हो । मुख्य कुरा नेपाली क्लबले समर्थक आक्रसित नगरेको र लिग कमिटीले नगराएको उस्तै हो । नेपाली फुटबल लिग खेल्ने अधिकाम्स क्लब काठमाडौं भित्र कै छ्न समर्थक काठमाडौं बाहिरका प्रमुख समस्या ।" एक शहर एक क्लब " नियम एन्फा ले लागु गर्नुपछ जस्तै काठमाडौं शहर लाई प्रतिनिधित्व गर्ने एक वा दुई क्लब मात्रै हुनुपर्छ । ललितपुर शहर लाई प्रतिनिधित्व गर्ने पनि एक वा दुई क्लब मात्रै हुनुपर्छ । काठमाडौं को दुई क्लब र ललितपुर को दुई क्लब बीच फुटबल खेल हुँदा समर्थक बिस्तारै बढनेछन सग सगै प्रायोजक गर्ने कर्पोरेट हाउस पनि थपिदै जानेछन् । समर्थक समर्थक बीच आफनो शहर लाई समर्थन गर्ने फुटबल सस्कृति बिकास हुँदै जादा रंगशाला भित्र र बाहिर टेलिभिजन मार्फत हेर्ने दर्शक वृद्धि हुँदा भिउर सिप बढछ र एन्फा र क्लब ले प्रायोजक खोज्नु नपर्ने प्रायोजक आफै आउने सस्कृति बिकास हुन्छ । आगमी लिगमा गत सिजनका १३ र दोस्रो डिभिजनबाट बढुवा भएको सातदोबाटो युथ क्लब गरी १४ टोलीले प्रतिस्पर्धा हुनेछ । एन्फाको भनाइ अनुसार ४४औं संस्करणको लिग कम्तिमा ४ महिना चलनेछ । आगामी लिगका लागि क्लबहरूले विभिन्न खेलाडी भित्र्याउने र तयारी करिब करिब अन्तिम चरण मा पुगे को बताएका छन । उदाहरण हेरौं गएको बैशाख मा पहिलो फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल) सफलतापूर्वक सम्पन्न भयो । राम्रो ‘भिवरसिप’सहित एनएसएललाई नेपाली फुटबल समर्थकले पनि सकारात्मक प्रतिक्रिया दिए । त्यसको एक प्रमुख कारण रह्यो, विकेन्द्रिकृत क्लबहरू । नेपालका विभिन्न ठूला शहर र ६ प्रदेशलाई समेट्दै क्लब निर्माण गर्नु एनएसलले पाएको सकारात्मक फिडब्याकको आधार स्तम्भ रह्यो । विकेन्द्रिकृत टिम किन बनाउने ? आधुनिक फुटबलको मेरुदण्ड नै लिग हो । लिगलाई प्रभावकारी बनाउनसके राष्ट्रिय टिम बलियो त हुन्छ नै, नेपाली क्लब फुटबल पनि व्यावसायिकतातर्फ अगाडि बढ्ने निश्चित छ । क्लब फुटबलको लागि सबैभन्दा ठूलो कुरा समर्थक हुन् । जति धेरै समर्थक हुन्छन्, क्लब आर्थिक रूपमा त्यति नै बलियो हुन्छ । ए डिभिजन लिगमा सबैभन्दा ठूलो समस्या समर्थकको कमी हो । नेपाली लिग फुटबलमा पनि समर्थक छन् । तर, सोचे अनरुपमा नहुनको एक मात्रै कारण हो, काठमाडौं केन्द्रीत लिग । उपत्याकालाई नै समेटर निर्माण भएका क्लबले लिग खेल्छन् । तर, अर्को पाटो हेर्ने हो भने जुन समयमा क्लब निर्माण भए, त्यो समय काठमाडौं बाहिर फुटबल गतिविधि शून्य झैँ थिए । तर, अहिले समय परिवर्तन भएको छ । अब यीनै काठमाडौं बेस्ड क्लबहरु बीच छलफल गराएर एक सहर दुई क्लब मा बिभाजन गराएर लिग सन्चालन गर्नुपर्छ । उपत्यकाबाहिरका शहर लाई प्रतिनिधित्व गर्ने गरि क्लब निर्माण गर्ने एन्फा लिग कमिटीले गृहकार्य तत्कालै गर्नुपर्ने देखिन्छ । लिगमा उपत्यका बाहिरका ठूलो संख्यामा देशभर छरिएका समर्थकलाई ए डिभिजन लिगमा आकर्षित गर्नुपर्छ । क्लब सधैं चन्दाबाट चल्न सम्भव छैन, समर्थक र प्रायोजकलाई सक्रिय रूपमा फुटबलमा आकर्षित गरेर मात्रै क्लबलाई व्यावसायिक बनाउनसके मात्रै फुटबललाई व्यावसायिक बनाउन सम्भव हुन्छ । यसका लागि ए डिभिजन क्लबलाई काठमाडौं बाहिर लैजानु र त्यहाँका समर्थकलाई पनि फुटबलको स्ट्रेन्थका रूपमा प्रयोग गर्नेबारे एन्फा र क्लबले सोच्नु पर्ने समय आएको छ । क्लबसँग जति धेरै समर्थक हुन्छन्, त्यसै अनुपातमा कर्पोरेट सेक्टरले क्लबलाई प्रायोजन गर्छन् । क्लबले समर्थक बढाउन तब मात्र सम्भब छ, जब ए डिभिजन लिग खेल्ने क्लबहरू काठमाडौंमा मात्र सीमित नभएर देशभरका समर्थकलाई पनि समेट्न सक्षम हुन्छन् । काठमाडौं बाहिर पोखरा, विराटनगर, झापा लगायतमा स्थानमा लिग खेलाउन योग्य मैदान छन् । यसरी लिगलाई होम् एन्ड अवे फर्म्याटमा परिवर्तन गरेर काठमाडौं बाहिर गर्नसके टिकटबाट पनि प्रशस्त आम्दानी गर्ने सकिन्छ । टिकट र प्रायोजन नै क्लबको प्रमुख आम्दानीको स्रोत बनाउनसके पनि फुटबललाई व्यावसायिक बनाउने नयाँ आधारस्तभ्म खडा हुनेछ । शीर्ष डिभिजनको लिग खेल्ने क्लबहरुकै आफ्नो मैदान छैन एन्फा ले प्रशिक्षण को लागि मैदान उपलब्धता गराउन सकेको छैन लिग पुर्ब नै खेलाडी इन्जड हुने खतरा हुन्छ एन्फा, ए डिभिजन लिग कमिटी र क्लब प्रतिनिधिले बहस गर्ने र नेपाली लिगको प्रभावकारिताका लागि निर्णय लिने समय सुरु भइसकेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार